नियम १७
आगमन तथा प्रस्थान प्रमाणित गर्ने
नेपालमा प्रवेश वा नेपालबाट प्रस्थान गर्ने प्रत्येक व्यक्तिले प्रवेश वा प्रस्थान स्थलमा आफ्नोे प्रवेश वा प्रस्थान प्रमाणित गराउनु पर्नेछ । यसरी प्रस्थान वा प्रवेश प्रमाणित हुन छुट भएको व्यक्तिको हकमा कारण सहित निजको निवेदन पर्न आएमा विभागले छानवीन गरी उचित देखेमा आगमन वा प्रस्थान प्रमाणित गरी दिनेछ ।